> राष्ट्रिय > एमाले नेता रिजालको कार्यकर्तालाई आग्रह– विकास बजेट किन कटौती भयो प्रश्न गर्नुस्


एमाले नेता रिजालको कार्यकर्तालाई आग्रह– विकास बजेट किन कटौती भयो प्रश्न गर्नुस्

प्यूठान । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य हरि रिजालले नेकपा एमाले सांगठिनक रुपमा थप मजबुत बन्दै गएको दावी गर्नुभएको छ ।

 

नेकपा एमाले मल्लरानी गाउँ कमिटीको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेता रिजालले एमाले पार्टी सरकार बाहिर भएपनि जनताको साथ र समर्थनले थप मजवुत र विस्तार हुँदै गएको बताउनुभएको हो ।

 

सरकारमा रहँदा पनि लोकप्रिय बजेट तथा कार्यक्रम ल्याएर जनताको साथ पाएको भन्दै उहाँले सरकार बाहिर रहदा पनि एमालेप्रति जनताको विश्वास बढ्दै गएको बताउनुभएको हो । उहाँले एमालेको नीति तथा कार्यक्रमका कारण पार्टीमा आकर्षण बढ्दै गएको उहाँको भनाई छ ।

लुम्विनी प्रदेशका पूर्व मन्त्री एवं सांसद रिजालले जिल्लाको विकासका लागि अघिल्लो सरकारले ल्याएको बजेट अहिलेको सरकारले कटौती गरेको भन्दै कनि विकास बजेट कटौती भयो भनेर प्रश्न गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । संघीय सरकार र प्रदेश सरकारले ल्याएको करोडौं रुपियाँको बजेट अहिलेको सरकारले कटौती गरेको उहाँले बताउनुभयो ।

 

नजिकिदै गरेको निर्वाचनलाई लक्षित गर्दै उहाँले जिल्लामा एमालेले निर्वाचन जित्ने भएकाले जुझारु रुपले लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । नेता रिजालले प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका र नौबहिनी गाउँपालिकाको अधिवेशनलाई सम्वोधन गर्नुभएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *