> खेलकुद > लगातार तेस्रो पटक शिल्ड प्राप्त गर्ने तयारीमा मोति मावि


लगातार तेस्रो पटक शिल्ड प्राप्त गर्ने तयारीमा मोति मावि

प्यूठान । राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा लगातार तेस्रो जित आफ्नो पक्षमा पार्न मोति मावि लागेको छ । त्यसका लागि मोति माध्यमिक विद्यालयका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले विद्यार्थीलाई तयारी गर्न आग्रह गर्नुभएको छ ।

 

 

यसअघि दुई पटक निरन्तर शिल्ड जितेको विद्यालयले यस पटक आयोजना हुने प्रतियोगितामा प्रथम भएर शिल्ड जित्नेतर्फ अग्रसर हुन विद्यार्थी खेलाडीलाई अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको हो ।

२०७७ सालमा सञ्चालन भएको प्रतियोगिताको विविध खेलकुद विधामा उत्कृष्ट भएका विद्यार्थीलाई विद्यालयले आज प्रमाणपत्र वितरण गरेको हो । कोभिड–१९ का कारण विद्यालय लामो समय बन्द भएकोले प्रमाणपत्र वितरणमा ढिलाई भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यार्थीलाई गाउँपालिका स्तरीय प्रतियोगितासँगै, प्रदेश स्तरीय र केन्द्रीय प्रतियोगितामा समेत विजेता हुने गरि अगाडी बढ्न शुभकामना दिनुभयो । अतिरिक्त कृयाकलापसँगै अध्ययन र अनुशासनमा समेत ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

 

कार्यक्रममा प्रधानाध्यापक तिलकराम पाण्डेले विद्यार्थीलाई लगनशिल भएर पढाईमा लाग्न आग्रह गर्नुभयो । विद्यालयमा करीव ७ सय विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *