> राजनीति > समाजवादी पार्टीले गर्याे जिल्ला भेला, विद्यार्थी र युवा संघ पनि गठन


समाजवादी पार्टीले गर्याे जिल्ला भेला, विद्यार्थी र युवा संघ पनि गठन

प्यूठान, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विहिवार जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जुम्रिमा भएको भेलामा पार्टी केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत विश्वासीले सम्बोधन गर्नुभएको थियो ।

 

कार्यक्रममा बोल्दै विश्वासीले आफ्नो पार्टी मुलुकको शक्तिशाली पार्टी बन्दै गएको दावी गर्नुभयो । एमाले सैद्धान्तिक रुपमा स्खलित हुँदै गएको भन्दै उहाँले केपी शर्मा ओलीलाई रुचाउनेहरुको झुण्डमा सिमित हुन पुगेको उल्लेख गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग साँठगाँठ गर्दै ओली गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिक जस्ता उपलब्धी सहित व्यवस्था खारेजिमा लागेको उहाँले आरोप लगाउनुभयो ।

 

कार्यक्रममा विशेष अतिथि पार्टी केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला सहईन्चार्ज शान्ता आचार्यले समेत सम्बोधन गर्नुभएको थियो । पार्टी अध्यक्ष भोजविक्रम बुढाको अध्यक्षता, हलिम मियाको संचालन र धर्मराज भण्डारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला भेलाकै अवसर पारेर जुम्रिमा समाजवादी पार्टीको जिल्ला कार्यालय उद्घाटन समेत गरिएको पार्टी अध्यक्ष भोजविक्रम बुढाले जानकारी दिनुभयो ।

 

यसैवीच भेलाकै अवसरमा नन्दन पुनमगरको अध्यक्षतामा २७ सदस्यीय युवा संघ नेपाल समाजवादी र मिनबहादुर झाँक्रिको अध्यक्षतामा २१ सदस्यीय अनेरास्ववियु समाजवादी जिल्ला कमिटि गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *