> समाज > ऐरावती गाउँपालिकामा ग्रेजुयट नेटवर्क सदस्यलाई उद्घोषण तालिम


ऐरावती गाउँपालिकामा ग्रेजुयट नेटवर्क सदस्यलाई उद्घोषण तालिम

प्यूठान । ऐरावती गाउँपालिकामा गठन भएका ग्रेजुयट नेटवर्क सदस्यलाई उद्घोषण सम्वन्धि तालिम दिइएको छ । गाउँपालिका अन्र्तगतका ६ वटै वडामा गठन भएका नेटवर्कका सदस्यलाई तीन दिने उद्घोषण सम्वन्धी तालिम दिइएको हो ।

 

कालिका विकास केन्द्र नेपाल/स्ट्रोम फाउण्डेशनले सञ्चालन गरेको दिगो तथा मर्यादित आर्थिक सामाजिक शसक्तिकरण कार्यक्रम (सिड्स) अन्र्तगत तालिम सञ्चालन भएको हो । पहिलो चरणमा बरौला, धुवाङ, जाबुने, दाङवाङमा तालिम भएको थियो ।

 

दोस्रो चरणमा सरङवेशी र विजुलीमा तालिम सम्पन्न भएको छ । तालिममा उद्घोषण र भाषणकलाको विषयमा जानकारी गराइएको थियो । तालिममा सहभागी सुनौलो भविष्य बाल सञ्जालका अध्यक्ष अन्जु शाहीले तालिम प्रभावकारी भएको बताउनुभयो । उहाँले तालिमले बोल्ने शैली, उद्घोषण गर्ने सीप र भाषणकलाबारे ज्ञान मिलेको प्रतिक्रिया दिनुभयो ।

 


त्यसैगरी दाङवाङमा सहभागी नविना गुरुङले तालिमबाट आफूले उद्घोषण र भाषणकला सम्वन्धी सैद्धान्तिक ज्ञान र व्यवहारीक ज्ञान सिकेको बताउनुभयो । स्वावलम्वन समुहमा आवद्ध गुरुङले उक्त तालिमले समुहको बैठक तथा अन्य कार्यक्रम गर्नमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

ग्रेजुयट नेटवर्कको मागमा आधारित भएर तालिम आयोजना गरेको कालिका विकास केन्द्र नेपालले जनाएको छ । यसअघि पनि भित्तेपत्रिका लेखन सम्वन्धी तालिम सञ्चालन गरेको थियो । तालिमको सहजीकरण पत्रकार विजयसिंह भारती, प्रज्वल पहाडी र सुजल श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *