हिमाल महरा
दाङ, १२ पुस । दाङ जिल्ला उद्योग वाणिज्यको नया नेतृत्वको लागी यही पौष २० गते निर्वाचन हुदै छ । जसमा अध्यक्ष पदका लागि निवर्तमान उद्योग वाणिज्य संघ दाङका उपाध्यक्ष, कांगेस निकट व्यवसायी बसन्त जोशीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
जोशी उद्योग सदस्य र उद्योग उपाध्यक्ष समेत भएर लामो समय संघमा आवद्ध भएर काम गरिसक्नुभएको छ ।
सर्बसम्मत प्रयास चलिरहेको बेला जाशीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत शिव प्रसाद घिमिरेले जानकारी दिनुभएको हो ।
