> राष्ट्रिय > प्युठान अस्पतालको आइसोलेसनमै महिला सुत्केरी


प्युठान अस्पतालको आइसोलेसनमै महिला सुत्केरी

बोमबहादुर परियार
प्युठान,१६ बैशाख । प्युठानमा कोरोना संक्रमित एक महिलाले आईसुलेसनमा बच्चा जन्माउनुभएको छ । लुग्री गाउँपालिका –४ रोल्पाकी २४ वर्षिय महिलाले आईसुलेसनमा बच्चा जन्माउनुभएको हो ।

आज९विहिवार० बिहान प्युठान अस्पतालमा भर्ना हुनुभएकी महिलामा ज्वरो देखीएपछि कोभिड १९ को एन्टिजिन जाँच गरिएको थियो । उक्त जाँच गर्दा कोभिड १९ को एन्टिजिन रिपोर्ट पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी खिमप्रसाद पार्धेले जानकारी दिनुभयो ।

 

रिर्पोट पोजिटिभ आएपछि अस्पतालको आईसुलेसनमा बस्नुभएकी महिलाले दिनको १ ः ३० बजेको समयमा छोरा जन्माउनुभएको हो । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सकुशल रहेको उपचारमा संम्लग्न नर्स विनिता जिसीले बताउनुभयो ।

 

अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाहरुका लागि छुट्टै शल्यक्रियाको व्यवस्था हुनुपर्ने अस्पतालका सुचना अधिकारी पार्धेले बताउनुभयो । निकट भविष्यमा यस्ता समस्या आउन सक्ने भएकाले सबैले यस्ता कुरामा सकारात्मक भई अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *