प्यूठान । नेकपा एमालेको १० औं महाधिवेशनमा ५ लाख कार्यकर्ता उतार्ने एमालेले लक्ष्य लिएको छ ।
भोलिदेखि चितवनमा हुने महाधिवेशनका लागि देशभरबाट नेताकार्यकर्ता सहभागी हुँदैछन् ।
प्यूठानबाट करीव ५० वटा सानाठुला गाडी महाधिवेशनका लागि जान लागेको एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले जानकारी दिनुभयो ।
बस, जिप सँगै नीजि सवारी साधनमा नेता कार्यकर्ता चितवन जान थालेको अध्यक्ष शर्माले प्यूठान समाचारलाई बताउनुभयो ।
