प्यूठान । नेपाली कांग्रेस प्यूठानको भोलिका लागि तय भएको क्षेत्रिय अधिवेशन(प्रदेश सभा निर्वाचन क्षेत्र नं. ख) को अधिवेशन स्थगित भएको छ ।
निर्वाचन समितिले सूचना प्रकाशन गरेर अधिवेशन स्थगित भएको जनाएको छ ।
नेपाली कांग्रेस जिल्ला सभापति अमरप्रसाद भण्डारी र क्षेत्रीय सभापति सरोज थापा(रोज राणाले) निर्वाचन तयारी नपुगेको भन्दै स्थगित गर्न संयुक्त निवेदन दिएपछि समितिले निर्वाचन स्थगित गरेको हो ।
