> राष्ट्रिय > प्यूठानमा प्रोवेसन भेरीकर्णाली क्लष्टरको कार्यशाला सम्पन्न


प्यूठानमा प्रोवेसन भेरीकर्णाली क्लष्टरको कार्यशाला सम्पन्न

प्यूठान, २९ कार्तिक । फूलवारी बचत तथा ऋण सहकारी संस्था लि. प्यूठानको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन)को प्राविधिक सहयोगमा प्रोवेसन भेरी कर्णाली क्लष्टर प्रथम को २८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आइतवार जुम्री प्यूठानमा सम्पन्न भएको छ ।

कार्यशालामा ४ जिल्लाका ६ वटा सहकारीका सञ्चालक, व्यवस्थापक तथा कर्मकारीको सहभागीता रहेको थियो । जसमध्ये प्रगती साकोस र विश्वासिलो साकोस बर्दिया, गंगामाला साकोस र जनहितकारी साकोस सुर्खेत, रफिकोल सकोस दाङ र आयोजक फूलवारी साकोस प्यूठान रहेका छन् ।

 

कार्यशालामा सहभागी सहकारी संस्थाका व्यवस्थापकहरुले संस्थाको पल्र्स, हिमालमा रहेका सूचकमा प्रगति साथै उपलब्धी र समस्याका विषयमा प्रस्तुती गर्नुभएको छ । नेफ्स्कुन सञ्चालक तथा अधिकृतले प्रस्तुतीमा सुझाव दिनुभएको छ । प्रस्तुतीकरणको सहजिकरण नेफ्स्कुनका अधिकृत गणेश रेग्मीले गर्नुभएको थियो ।

आयोजक संस्था फूलवारी साकोसका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि प्यूठान नगरपालिका प्यूठानका नगर प्रमुख अर्जुन कुमार कक्षपती, विशेष अतिथि नेफ्स्कुनका सञ्चालक यज्ञ प्रसाद ढकाल, जिल्ला सहकारी संघ प्यूठानका उपाध्यक्ष राधा अधिकारी, फूलवारी साकोसका संस्थापक लोक बहादुर बस्नेत, निर्वतमान अध्यक्ष छन्द बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण आयोजक संस्थाका सचिव निर्मला पोख्रेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *