> राजनीति > बजेट अधिवेशन अघि सांसदहरुको कोरोना परीक्षण गरियो


बजेट अधिवेशन अघि सांसदहरुको कोरोना परीक्षण गरियो

प्यूठान, २५ बैशाख ।
संघीय संसदको बजेट अधिवेशन शुरु हुनु अघि सांसदहरुको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरसबाट सिर्जना भएको विषम परिस्थितिलाई मध्येनजर गर्दै बैठक सुरु हुनुभन्दा एकदिन अगाडि आज सांसद, कर्मचारी तथा मर्यादापालको पिसिआर परीक्षण गरिएको हो ।

साथै राष्ट्रिय सभा बैठक सञ्चालनका अवधिमा पालना गर्नुपर्ने विभिन्न स्वास्थ्य सुरक्षा बारे तयारी गरिएको छ । आजै राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले बजेट अधिवेशनका विषयमा विविध निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाउने ।

राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर माननीय सदस्य ज्यूहरु एउटै सिटमा बस्ने ।

सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य माननीय सदस्य ज्यूहरुले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्ने ।

सामान्य अवस्थामा विधेयकको सिद्धान्त माथिको छलफमा सबै माननीय ज्यू ले रोष्टमको प्रयोग गर्ने प्रचललन रहि आएको थियो ।

संसद भवनमा प्रवेश गर्दा र फर्कदा फरक ढोकाको प्रयोग गर्ने ।

क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने ।

संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिने ।

दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने।

मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने ।

त्यसैगरी स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले रोग संक्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद भवनको स्थलगत अनुगमन पश्चात तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने ।

स्वास्थय विभागको अनुगमन टोलीका सदस्यहरु ः

डा.अमृत पोख्रेल, बरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट, स्वास्थ्य सेवा विभाग टेकु

श्री यसोदा बराल, नर्सिङ अधिकृत, स्वास्थ्य सेवा विभाग टेकु

श्री हरिहर शर्मा बरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य सेवा विभाग टेकु

अनुगमन टोलीले प्रस्ताव गरेको बैठकका सहभागीहरुले पालना गर्नुपर्ने आचारसंहिता ः

सबै सहभागीहरुले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ ।

मेडिकल मास्कको प्रयोग बैठक अवधीभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ ।

सबै सहभागीहरुले बैठक समयमा भौतिक दूरीको पालना गरि तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ ।

सकेसम्म समूहगत छलफलन नगर्ने, यदी गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्नेछ ।

आफूलाई स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या (ज्वोरो, खोकी, थकान, शरिर दुखाई आदी) देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ ।

बैठक हलबाट बाहिर निस्कनु परेमा पुनः प्रवेश गर्दा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्नेछ ।

बैठक अवधीभर घरमा गई स्वयम एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *