प्युठान । झिमरुक गाउँपालिका-३ का स्वर्गीय बसन्त सामतकाे परिवारलाई सहयाेग जुटने काम निरन्तर चलिरहेकाे छ । आज नेपाली टिकटक हर्ट ग्रुपका अध्यक्ष डिल्लीराज पराजुलिकाे नेतृत्वमा जम्मा गरिएकाे करिब ५० हजारकाे सामाग्री घरमै पुगेर हस्तान्तरण गरिएको छ ।
बसन्तकाे कान्छाे छाेरा धन बहादुर सामतकाे नाममा सिटिजन बैंकमा १ लाख ७५ हजार रुपैया जम्मा भएकाे झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेखरेलले जानकारि गराउनुभयो । सामतको माघ १ गते गौमुखि मेला हेर्न जाने क्रममा भिरबाट लडेर ज्यान गएको थियो ।
