> समाज > बालकलाई ठक्कर दिने मोटरसाइकल चालकले प्रहरीलाई ढाँटेपछी….


बालकलाई ठक्कर दिने मोटरसाइकल चालकले प्रहरीलाई ढाँटेपछी….

प्यूठान । मोटरसाइकलको ठक्करबाट बालकको ज्यान गएपछि झण्डै ११ घण्टा भालुवाङ-प्यूठान सडक अवरुद्ध भयो ।

 

शनिबार दिउँसो साढे १ बजेदेखी अवरुद्ध सडक राती करीव १२ बजेदेखि सुचारु भएको हो ।

 

सरुमारानी गाउँपालिका वडा नम्वर २ ददेरीका स्थानीय ११ वर्षीय सुदीप जिसीको ज्यान गएपछि आफन्त र स्थानीयले मोटरसाइकल चालकलाई पक्राउ गर्न माग गदै दिनभर सडक अवरुद्ध पारे । जसले गर्दा सयौं यात्रुले सास्ती पाए ।

 

चालकले यसरी ढाँटे
घटनापछि प्रहरीले ठक्कर दिने रा ४ प ५०४८ नम्वरको मोटरसाइकल र मोटरसाइकलको पछी बसेका भनिएका व्यक्तिलाई नियन्त्रणमा लियो । मोटर साइकलको पछि बसेका व्यक्तिले चालक फरार भएको प्रहरीलाई बताए ।

 

प्रहरीलाई दिएको नाम अनुसार प्रहरीले उक्त व्यक्तिलाई दाङबाट घटना स्थलमा लिएर आयो । त्यसपछि थाहा भयो स्वयं व्यक्तिले आफू बच्नका चालक फरार रहेको बताएका रहेछन् ।

 

प्रहरी निरीक्षक देवी प्रसाद गैरेका अनुसार पछाडी बसेको भनेका व्यक्ति नै चालक रहेछन् । राप्ती गाउँपालिका वडा नम्वर ४ शान्तिनगर दाङका सन्दिप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गैरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *