> राष्ट्रिय > सात दिन हिँड्दा पनि नसकिएको यात्रा


सात दिन हिँड्दा पनि नसकिएको यात्रा

प्यूठान  – जेठ ३ गते शनिवार बिहानै उठेर देविसरा खाना बनाउन थाल्नुभयो । देविसराले भात र जलुको पकाउनुभयो । सबैले हतार हतार खाना खाए । पाँच जनाका समुहमा रहेका उनिहरु साँझ तयार पारेको भारी बोकेर भालेको डाकामै गन्तव्यका लागि हिडे ।

पर्वतमा मजदुरी गर्न पुगेका थिए, रोल्पाबाट । हिडेको सातौ दिनको साँझ प्यूठानको सदरमुकाम खलंगा बास बस्न आइपुगेका उनिहरुको नेतृत्व गर्नुभएको थियो कर्ण सुनारले । ‘साहुले फागुन देखिको ज्याला दिएको थिएन आउने बेला एक एक हजार दिएर पठायो ।’, सुनारले सुनाउनुभयो । एक हजारले एक हप्ताका लागि पनि खान नपुग्ने भएपछि पैदल हिडेर घर जान थालेको उहाँले बताउनुभयो ।

टोलीमा रहेका सबैको पिर एउटै थियो, काम गरेको ज्याला पाइएन कमाउने अरु कोही छैनन ।
६ जना छोराछोरीकी आमा ४६ बर्षिय देविसरा घर्ति पनि श्रीमान सँगै मजदुरीको लागी पर्वत पुग्नुभएको थियो । देबिसरालाई फागुनमै फर्किन मन थियो । ६ जना छोरा छोरी आत्तिएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘छोराछोरी आत्तिएका छन, मोवाइल अफ भएको धेरै दिन भयो ।’

कोरोना भाइरसको कारण लकडाउन हुने बित्तिकै उनीहरु घर आउन खोजेका थिए । तर, ठेकेदारले काम नसकिदै जान पाइन्न भनेपछि काम सक्न बसेका थिए । ठेकेदारले भने अनुसार काम त सकियो तरपनि ठेकेदारले न खान रासन दिए न आउने व्यवस्था गरिदिए ।
जंगल, चौतारी, प्रतिक्षालयमा रात बिताएर उनीहरु प्यूठान आइपगेका हुन । यात्रामा एक छाक मात्र खाना खाएका थिए । जव घाम चर्किएर हिड्न गाह्रो हुन्छ हामी रुखको छहारीमा बसेर आगो फुकी भात पकाएर खाने गरेको बताए ।साझ भने यतिकै सुत्ने गरेको उनिहरु बताउँछन । बाटो हिड्डा चाउचाउ बिस्कुत दिन्थे साझ त्यहि खादै आएको सुनारले बताउनुभयो ।

सातौ रात काटाउनको लागी उनिहरु प्यूठानको सदरमूकाम खलंगाको प्रतिक्षालयमा आई पुगेका उनिहरुको समुहलाई नेपाल प्रहरीले माथिको आदेश भन्दै प्रतिक्षालय छोड्न भनेपनि उनिहरु अलमल परको बताए । अन्त भने शुरक्षित होस भने प्रहरीको नजिक गाउँको नजिकको चौतारीमा सुतेर यहाँ आई पुगेको समुहका अर्का मजदुर अमृत घर्तिले बताउनुभयो । हामी प्रतिक्षालय देखेर खुशि भएका थियो प्रहरीले बस्नै दिएन ।’ उहाँले भन्नुभयो ।

त्यसपछि त्रिबेणि गाउँपालिका र मल्लरानी गाउँपालिकाको अध्यक्षले समन्वय पछि उनिहरुलाई मल्लरानी गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा एक रातको लागी राख्ने निर्णय पछि भने निकै खुशि देखिएका थिए । उनिहरुलाई खानाको व्यवस्था रजवारे होटल संचालक दिलमाया पुनले गर्नु भएको थियो ।

पर्वत, म्याग्दी, स्याङ्जा, गुल्मी, र अर्घाखाँचि हुदै प्यूठान आइपुगेका उनिहरुको यात्रा अझै सकिएको छैन । अझै दुई देखि तिन दिन लाग्छ होला । ६ दिन पछि छानामुनि राम्रो ठाउँमा बस्न पाएका उनिहरुले एकै स्वरमा सुन्निएको खुट्टा देखाउदै भने अव सुते पछि सन्चो हुन्छ की ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!