> खेलकुद > युरो कपः रसिया, वेल्स र इटलीको जित


युरो कपः रसिया, वेल्स र इटलीको जित

प्यूठान, ३ असार । जारी युरोकपमा गएराती भएको खेलमा रसिया, वेल्स र इटलीले जित निकालेका छन् ।

फिनल्यान्ड र रसिया विच भएको खेलमा रसियाले फिनल्यान्डलाई १–० ले हराएको हो । रसियाको जितमा ४५ मिनेमा मिनरानचुकले गरेको गोल नै निर्णायक बन्यो ।

टर्की र वेल्स को प्रतिष्पर्धामा वेल्सले टर्कीलाई २–० ले हराएको छ । वेल्सको जितमा रामेसीले ४१ र रोवटर्सले ९० मिनेटमा गोल गरेका हुन् । ६० मिनेटमा पाएको पेनाल्टीमा वेल चुकेका थिए भने रोवटर्सको गोलको लागी पास मिलाएका थिए ।

 

त्यस्तै इटलीले स्वीटजरल्याण्डलाई ३–० गोल अन्तरले हराएको हो । इटलीको जितमा लोकाटेलीले २५ र ५१ मिनेमा २ गोल साथै इमोविले ८८ मिनेटमा गरेको गोल सँगै सहज जित निकालेको थियो ।

गु्रप वि मा रहको रसिया र फिनल्याण्डको २ खेलबा समान ३ अंक भएको छ भने गु्रप ए मा रहेको इटलीको २ खेलमा ६ अंक र वेल्सको १ जित र १ बरावरी सँगै ४ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *