दीपेन्द्र सुनार
प्युठान । झिमरुक गाउँपालिका वडा नम्बर १ सौतामारेमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ।
“राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद ” भन्ने उदेश्यका साथ ने.क.पा. एमाले झिमरुक गाउँपालिका १ नम्बर वडा कमिटी तथा राष्ट्रिय युवा संघको संयुक्त आयोजनामा नयाँ वर्षको अवसरमा प्रतियोगिता संचालन गर्न लागिएको हो ।
बैशाख १,२ र ३ गते खुल्ला पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको एमाले वडा कमिटी सदस्य तथा कार्यक्रम संयोजक बुद्धिराम खनालले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार राखिएको आयोजकले जनाएको छ ।