> समाज > प्युठानमा तिहारमा यी कुरा गर्नमा रोक !


प्युठानमा तिहारमा यी कुरा गर्नमा रोक !

प्युठान । प्युठानमा तिहारको अवसरमा खेलिने देउसीभैलो लगायतका जमघटका कार्यक्रम रोक लगाईएको छ ।

 

देउसी–भैलो छडपर्व नेपाल संबत लगायतका अन्य कार्यक्रम स्वास्थ्य मापदण्डको पूर्ण परिपालन गरि राति ८ बजेसम्म मात्र खेल्न पाइने गरि जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ ।

चाडपर्वका समयमा मादकपदार्थ सेवन तथा स्थानीय शान्ति सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानहरुमा होहल्ला गरि झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

 

धार्मिक मठमन्दिर, लगायतका धार्मिकस्थलमा अनावश्यक भीडभाड हुन नदिइ स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी पूजाआजा लगायतका मानिसलाई प्रत्यक्ष असर पर्ने अन्य क्रियाकलाप गर्न–गराउन बन्देज गरिएको छ ।

 

कोरोना महामारीको कारण देखाउँदै प्रशासनले देउसीभैलो कार्यक्रम मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । त्यस्तै पटका, प्रज्वलशील विष्फोटक भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र कानूनले बन्देज गरेका यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न नगराउन आग्रह गरिएको छ ।

 

त्यस्तै तिहारको अवसरमा सञ्चालन गरिने सरायनाच यस वर्ष नगर्न जिल्ला प्रशासन कार्यालय प्युठानले अनुरोध गरेको छ । प्रशासनका अनुसार कोरोना जोखिमलाई मध्यनजर गर्दै भीडभाडलाई नियन्त्रण गरि कोरोना जोखिम कम गर्न र चाडपर्वलाई मर्यादित बनाउन यसअघि सिसिएमसीले निर्धारण गरेको निषेधाज्ञाको नियमलाई निरन्तरता दिँदै आएको बताएको छ । यो सूचनालाई कुनै बर्खिलाप हुने गरि कुनै कार्य गरेर गराएमा कानून अनुसार कारवाही हुनेसमेत स्पष्ट भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *