> राजनीति > जिल्ला समन्वय समिति प्यूठानको प्रमुख कांग्रेस, उपप्रमुख माओवादी


जिल्ला समन्वय समिति प्यूठानको प्रमुख कांग्रेस, उपप्रमुख माओवादी

प्यूठान । जिल्ला समन्वय समिति प्यूठानको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ । कांग्रेसबाट प्रमुखमा धरम बहादुर जिसी र माओवादीबाट उपप्रमुखमा दुर्गा रेग्मीको उम्मेदवारी परेको हो ।

 


त्यसैगरि कांग्रेसले १, माओवादीले २ र राष्ट्रिय जनमोर्चाले ४ जना सदस्यको उम्मेदवारी दिएको छ । नेपाली कांग्रेसबाट टोपाराम कालाथोकी, माओवादी केन्द्रबाट तारा विक, निर्मला पोख्रेल र राष्ट्रिय जनमोर्चाबाट गुणेन्द्र बस्नेत, इन्द्र बहादुर खड्का, खुमा अधिकारी र रेकम रसाईलीको उम्मेदवारी परेको हो ।

 

समन्वयमा नेकपा एमालेले भने उम्मेदवारी दिएको छैन । जसले गर्दा मतदान हुनेछैन । सवैजना निर्विरोध निर्वाचित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *