प्युठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैको अवसरमा अवसरमा खुल्ला भलिबल तथा बिबिध सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले उद्घाटन गर्नुभएको हो ।
प्रमुख अतिथि गिरीले खेलकुद तथा सास्कृतिक कार्यक्रमले ठाउँको विशेषता झल्काउने बल्भन्दै गाउँपालिका भित्र रहेका सास्कृतिक तथा खेलकुदमा गाउँपालिका प्रबर्द्धन र संरक्षणमा लागि परेको बताउनुभयो ।
कार्यक्रमका बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष महाबिर रानाले कार्यक्रमले रमाइलो मात्र नभाई स्थानीय कला संस्कृतिको प्रबर्द्धन र प्रचारप्रसार हुने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेल, समाजसेबी ज्ञामुराम न्यौपाने, राजनैतिक दलका प्रतिनिधि लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
आज देखि सुरु भएको कार्यक्रममा खुल्ला भलिबल आठ टिम सहभागी छ्न । साथै कार्यक्रममा दुर्गम गाउँबस्तीका बिपन्न वर्गलाई लक्षित गरि निमतारा पोलिक्लिनिक बिजुवार प्युठानसंगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष असिम न्यौपानेले गर्नु भएको कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष रबि चन्दले गर्नु भएको थियो भने संचालन जुमान सिंह केसीले गर्नु भएको छ ।
कार्यक्रमको उदेश्य माथी सस्थाका सचिव केशव बहादुर केसीले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुत रहेको छ ।
कात्तिक ४ गते तीन सम्म चल्ने कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिता, खुल्ला लोकनृत्य, म्युजिकल चियर, सोलोबाइक रेस र स्थानीय तथा राष्ट्रिय ख्याली प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।
भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ३३ हजार ३३३, दित्तिय पुरस्कार १ लाख र तृत्तिय पुरस्कार ६० हजार रुपियाँ रहेको छ । यो जिल्लाकै ठुलो पुरस्कार राशी भएको आयोजकले दावी गरेको छ ।
