प्युठान । शृजनशिल युवा माण्डवी गाउँपालिका २ ढाडले भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगिताको वडा अध्यक्ष तुल बहादुर थापा रयुवा संगठन नेपालका केन्द्रीय सदस्य हरि बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
खुल्ला भलिबल प्रतियोगितामा ११ टिमले सहभागिता जनाएका छन ।
क्लबका अध्यक्ष टंक बहादुर बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत कुमार घर्तीमगर र संचालन राजेन्द्र राउत क्षेत्रीले गर्नु भएको थियो ।
