प्यूठान । सहमति जुट्न नसक्दा एक साता अघि उद्घाटन भएपनि पालिका स्तरीय कमिटी गठन नभएको गौमुखी गाउँपालिकामा सहमति जुटेको छ ।
एक साता लामो छलफलबाट अन्ततः सर्वसम्मत नेतृत्व चयन भएको छ ।
पालिका कमिटीको अध्यक्षमा जुमानसिंह जिसी, उपाध्यक्ष चन्द्र केसी(सुवास), सचिव बसन्त चन्द, उप सचिव याम बहादुर थापा, उप सचिव(समावेशी) गीता बोहोरा लगायत सदस्य छनौट भएको नेकपा एमाले जिल्ला कमिटी प्यूठानले जनाएको छ ।
योसँगै जिल्लाका सवै गाउँपालिका तथा नगरपालिकाको कमिटी गठन पुरा भएको छ । यसअघि प्यूठान नगरपालिकामा पनि आकांक्षी धेरै हुँदा सहमति जुट्न समय लागेको थियो ।
