प्यूठान, ५ भाद्र । कोभिड–१९ का कारण प्यूठानमा एक जनाको मृत्यु भएको छ ।
स्वर्गद्वारी नगरपालिका–७ सोत्र निवासी ६४ वर्षीय एक पुरुषको कोभिड अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले प्यूठानसमाचार डटकमलाई जानकारी दिनुभयो ।
साउन ३२ गते कोभिड पोजेटिभ देखिएपछि उहाँलाई कोभिड हस्पिटल बुटवलमा उपचारका लागि रिफर गरिएको स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताउनुभयो । मृत्यु भएको व्यक्तिलाई मधुमेह, रक्तचाप लगायतको समस्या रहेको समेत उहाँले बताउनुभयो ।
प्यूठानमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।
