प्यूठान । विप्लव समुहले विभिन्न समयमा पटक पटक मोटो रकम चन्दा माग गरेको र उक्त चन्दा नदिएको आवेशमा विभिन्न आरोप लगाई अमानवीय र अमपानजनक हर्कत गरेको भन्दै घटनाको निन्दा गरेको छ ।
“विप्लव समुहले यसअघि गाउँपालिकामा विभिन्न समयमा पटक पटक मोटो रकम चन्दा माग गर्ने गरेको तर उक्त चन्दा नदिएको आवेशमा विभिन्न आरोप लगाई गरेको अमानवीय हर्कत कानुनी राज्यको उपहास र जंगली बर्वता शिवाय अरु केही हुन सक्दैन ।” गाउँपालिकाले भनेको छ ।
आज मल्लरानी गाउँपालिकाले विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटीले निकालेको विज्ञप्तीको खण्डन समेत गरेको छ । घटनामा संलग्न गोपीलाल सुनार लगायतको टोलीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न समेत माग गरिएको छ ।