> राष्ट्रिय > झिमरुक गाउँपालिकाको चाडपर्व लक्षित बजार अनुगमन


झिमरुक गाउँपालिकाको चाडपर्व लक्षित बजार अनुगमन

प्यूठान । चाड पर्व नजिकिएसँगै झिमरुक गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न बजार केन्द्रहरुमा अनुगमन गरेको छ ।

चाडपर्वको समयमा बजारमा अखाद्य बस्तुको किनबेच कालोबजारी महँगी बढ्न सक्ने र त्यस्ले प्रत्यक्ष रुपमा उपभोक्तालाई असर पुग्न सक्ने भन्दै पालिकाले अनुगमन गरेको हो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले पालिका भित्र पर्ने बजार मच्छि, ढाड, बाङ्गेफेदि, सौतामारे, चुधाराफेदी आसपासका बजार, होटेल तथा उद्योग पसलहरुमा अनुगमन गरिएको बाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भुसालको नेतृत्वमा इलाका प्रहरी कार्यालय मच्छि, उद्योग बाणिज्य संघ मच्छी बजार इलाका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि कर्मचारीले संयुक्त रुपमा खाद्य वस्तुको विक्री वितरण तथा गुणस्तर र म्याद भएको नभएको बारे अनुगमन गरेको थियो

अनुगमन टोलिले बजारमा रहेका सप्लायर्स पसल, किराना, तरकारी तथा मिठाइ पसलमा अनुगमन गरिएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष पबित्रा जिसीले जानकारी दिनुभयो । नागरिकको मागअनुसार चाडपर्वको बेलामा कालोबजारी र मुल्य वृद्धि नहोस् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको उपाध्यक्ष जिसीको भनाई छ ।

 

जिल्लाका प्रमुख बजारमा प्रायः चाडबाडको समयमा अखाद्य वस्तु विक्री वितरण हुने गरेको पटक-पटक पाइएकाले सम्बन्धित निकायले नियमित अनुगमन गर्न आवश्यक रहेको स्थानीयले ब्यापारी दधिराम पोख्रेलले बताउनुभयो । वर्षको एक पटक दशैँ तिहारको समयमा मात्रै अनुगमन हुने भएकाले त्यसो नगर्न पनि यहाँका स्थानीयवासीले अनुगमन समितिलाई सुझाव दिएका छन् । अनुगमनमा म्याद सकिएका २४ हजार रुपियाँ मुल्य बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *