> आर्थिक/बिकास > कोरोना सचेतना बोर्ड राख्दै उद्योग उपाध्यक्ष


कोरोना सचेतना बोर्ड राख्दै उद्योग उपाध्यक्ष

हिमाल महरा
घोराही, ३१ साउन । दाङ जिल्ला उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशीले बजारका विभिन्न स्थानमा सचेतना बोर्ड राखेर कोरोना जोखिमबाट बच्न अपिल गर्दै आउनुभएको छ ।

उपाध्यक्ष जोशीले बजारमा भीडभाड बढ्न लागेको र व्यवसायी तथा सेवाग्राहीले सावधानीमा अपनाएर सञ्चालन गर्नु पर्ने साथै ग्राहकलाई सामाजिक दुरी कायम राखी किनमेल गर्न अनुरोध गरिएको सचेतना बोर्ड घोराही बजारमा राख्नुभएको हो ।

करिब १५०थानमा सन्देश राखिएको उहाँले जानकारी दिनुभयो । जोशीले यसअघि पनि २ सय थान ब्यानर विभिन्न ठाउँमा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *