> राष्ट्रिय > साउदीमा भएको सडक दुर्घटनामा प्युठानका एक युवकको ज्यान गयो


साउदीमा भएको सडक दुर्घटनामा प्युठानका एक युवकको ज्यान गयो

दीपेन्द्र सुनार
झिमरुक । साउदी अरेबियाको रियादमा सडक दुर्घटनामा परी प्युठानका एक युवकको ज्यान गएको छ ।

झिमरुक गाउँपालिका- १ सौतामारे ठाटीमुनिका २५ वर्षीय नारायण जिएमको ज्यान गएको हो । रोजगारको शिलशिलामा एक वर्ष अघि साउदी अरेबियाको रियाद पुगेका जिएमलाई
शनिवार बेलुका तरकारी लिन जादा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको बताईएको छ ।

 

जिएमको शव सम्बन्धित मेनपावर कम्पनी र साउदी दूतावासलाई सम्पर्क गरी छिट्टै नेपाल ल्याउने तयारी भइरहेको झिमरुक गाउँपालिका- १ का वडा अध्यक्ष धुर्ब्रराज खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *