प्यूठान । नौबहिनी गाउँपालिका वडा नं. ६ मा आज दिउँसो भएको जीप दुर्घटनामा एकै घरका दुई बालिकाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका वडा नं. ५ डामृका रेमसरा बुढामगरको दुई छोरीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुशिल कुमार थापाका अनुसार ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी नवजात शिसु चेतना बुढामगरको मृत्यु भएको हो ।
बाग्दुलाबाट डामृ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप बाहाने नजिकै खहरे खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका १२ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले प्यूठान समाचारलाई बताउनुभयो ।