> राष्ट्रिय > मृत्त अवस्थामा फेला परेका दम्पत्तिको हत्या पुष्टि, अनुसन्धान गर्दै प्रहरी


मृत्त अवस्थामा फेला परेका दम्पत्तिको हत्या पुष्टि, अनुसन्धान गर्दै प्रहरी

प्यूठान । शनिवार दिउँसो मृत्त अवस्थामा फेला परेका दम्पत्तिको हत्या पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानबाट हत्या पुष्टि भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

माण्डवी गाउँपालिका–२ रातापानीमा ६० वर्षिय रामबहादुर परियार र उनको श्रीमति ५६ वर्षिय हुकुमा परियारको टाउको तथा शरिरको विभिन्न भागमा गम्भिर चोट रहेको छ । चोटहरुको विश्लेषण गर्दा कुनै घातक हतियार प्रयोग गरी विभत्स तरिकाले हत्या गरेको प्रारम्भिक अध्ययनबाट देखिन आएको प्रहरी निरिक्षक निरन्जन रिजालले जानकारी दिनुभयो ।

 

घटना स्थललाई शिलवन्दी गरी म्यानुल तथा प्राविधिक तवरबाट अनुसन्धान कार्य अगाडी बढाईएको घटनाको अनुसन्धानमा खटिनुभएका अनुसन्धान अधिकृत प्रहरी निरिक्षक केशव केसीले बताउनुभयो ।

 

घटनासँग सम्वन्धीत शंकास्पत व्यक्तिहरुलाई सोधपुछ तथा सवुत प्रमाणहरु जुटाउने र थप प्रमाणहरु जुटाउन तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको प्रहरी नायव उपरिक्षक दिपेश बस्यालले बताउनुभयो । प्रहरी नायव उपरिक्षक बस्यालको कमाण्डमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

 

आफ्नै घरमा सुतेका दम्पत्ति विहान अवेरसम्म नउठे पछि छिमेकीले प्रहरीमा खवर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *