प्यूठान । विकासका दृष्टिकोणले जिल्ला पछि परेको भन्दै लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले चिन्ता ब्यत्त गर्नुभयो ।
मंगलबार प्रेस युनियन प्यूठानले जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाले जिल्लाको विकासको लागि पार्टी भन्दा माथी उठेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
जिल्लाको बिकास मोडल कस्तो बनाउने जिल्लाका सरोकारवालाको संयुक्त बैठकबाट मार्गदर्शन गर्न अनुरोध गर्दै उहाले आगामी बजेट मार्फत अधुरा योजना पूरा गर्ने उल्लेख गर्नुभयो ।