प्युठान। स्वर्गद्वारी नगरपालिका- ५ आमडाँडामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाईते भएका छन ।
लु २ च ६१ नम्बरको डबल क्याप जिप अनियन्त्रीत भई बाटोदेखी २० मिटर तल खस्दा स्थानीय ६८ वर्षीय झमी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो ।
गम्भीर घाइते स्वर्गद्वारी नगरपालिका-५ का ५६ कि चुरा कुमारी घर्ती मगर, ४० कि अमि घर्ती मगर र सुनिल स्मृति गाउँपालिका-४ रोल्पाका २४ वर्षीय टोप बहादुर रोका मगरलाई भैरहवा रिफर गरिएको खनालले जानकारी दिनुभयो ।
स्थानीय ५५ वर्षीय कबिराज घर्ती मगर र ५५ वर्षीय कृष्ण घर्ती मगरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी नायब उपरीक्षक ईश्वर थापाको टोलि घटनास्थल पुगेर अनुसन्धान गरेको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो ।
