> समाज > झाक्रिस्थानमा समाजसेवी श्रेष्ठले भोजस्थल निर्माण गर्दै


झाक्रिस्थानमा समाजसेवी श्रेष्ठले भोजस्थल निर्माण गर्दै

प्यूठान । मल्लरानी गाउँपालिका वडा नम्वर ४ स्थित धार्मिकस्थल झाक्रिस्थानमा समाजसेवी कृष्ण प्रसाद श्रेष्ठले भोजस्थल निर्माण गर्न लाग्नुभएको छ ।

स्व‍‍र्गीय श्यामप्रसाद र तुलकुमारी श्रेष्ठ

 

सदरमुकाम खलंगा निवासी श्रेष्ठले झाक्रिस्थानमा भोजस्थल निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको खलंगा सरोकार समाजका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

श्रेष्ठले स्वर्गीय बुवा श्यामप्रसाद र आमा तुलकुमारी श्रेष्ठको स्मृतिमा निर्माण गर्न लाग्नुभएको हो । उहाँले यसअघि सोही ठाउँमा श्रीमतिको स्मृतिमा प्रतिक्षालय निर्माण गर्नुभएको छ ।

 

समाजसेवी कृष्ण प्रसाद श्रेष्ठ

फागुन १० गते जन्मदिनको अवसरमा उद्घाटन गर्ने गरि निर्माण कार्य अघि बढाइने श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले खलंगाको कृष्ण मन्दिरमा समेत प्रतिक्षालय निर्माण लगायतका विभिन्न सामाजिक कार्य गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *