> Banner > आवेदन दिन आएका युवायुवतीलाई बालविवाह विरुद्ध सचेतना


आवेदन दिन आएका युवायुवतीलाई बालविवाह विरुद्ध सचेतना

प्यूठान, २३ कात्तिक । प्रहरी भर्नाका लागि आवेदन दिन आएका युवायुवतीलाई बालविवाह रोकथाम सम्वन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ ।

आइतवार जिल्ला प्रहरी कार्यालय प्यूठानमा आवेदन दिन आएका युवायुवतिलाई एक कार्यक्रम आयोजना गरि बालविवाह रोकथामसम्वन्धी सचेतना गराइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

प्रहरी साझेदारी कार्यक्रम अनुसार आज उक्त कार्यक्रम गरिएको प्रहरी जवान जवान खडकाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘जिल्लाको बिभिन्न पालिका बाट उपस्थित युवायुवतिहरुलाई बालविवाह नगर्न नगराउन आग्रह गरेका छौँ ।‘ त्यस्तै बालविवाह रोकथाममा युवायुवतीको भुमिका धेरै रहने भएकाले उनिहरुलाई बालविवाह रोकथामबारे सचेतना गराइएको उहाँको भनाई छ ।

कोहि कसैले बालविवाह गरे गराएमा वा गराएको थाहा पाएमा प्रहरीलाई जानकारी दिन समेत उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *