> खेलकुद > नेपाल इतिहासमै पहिलाे पटक साफ च्याम्पियनसिपकाे फाइनलमा


नेपाल इतिहासमै पहिलाे पटक साफ च्याम्पियनसिपकाे फाइनलमा

प्यूठान, २७ असाेज । नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा अाफ्नाे स्थान पक्का गरेको छ । बुधबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १-१ को बराबरी सँगै नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुग्न सफल डभएको हो ।             

पहिलो हाफकाे ९ मिनेटमा सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । दोस्रो हाफमा उच्च प्रदर्शन गरिरहेका बंगलादेशका गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि नेपालले खेलमा फर्कने अवसर पाएको थियो । अन्जन विष्टले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *