गौमुखी । गौमुखी गाउँपालिका-५ ठुलाबेशीमा आयोजित भलिबल प्रतियोगिताको उपाधी गुल्मीको मदानेले हात पारेको छ । अन्तिम खेलमा मदानेले बिक्रम स्टार मरन्ठाना प्युठानलाई ३-० को सोझो सेटमा हराएर बिजेता बनेको हो ।
बिजेता मदानेले प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।
त्यसैगरी दोस्रो भएको बिक्रम स्टार मरन्ठानाले ७७ हजार ७ सय ७७ रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा निसिखोला बाग्लुङ तेस्रो भएको छ । उसले ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार पाएको छ । एकीकृत बिकास संघ युनेसिन प्युठानले भलिबल सहित खेलकुद र सास्कृतिक कार्यक्रम आयोजना गरेको थियो । प्रतियोगिता १२ टिम सहभागी थिए ।
