> साहित्य सृजना > गजल : बिदेशबाट बाबा कहिले आउनुहुन्छ आमा ?


गजल : बिदेशबाट बाबा कहिले आउनुहुन्छ आमा ?

लोकेन्द्र जि सी,प्यूठान
बिदेशबाट बाबा कहिले आउनुहुन्छ आमा ?
मलाई चाची,अनि के के,ल्याउनुहुन्छ आमा ?
फोन गर्दा ड्युटीमा छु ,भन्नुहुन्छ सधै बाबा,
साच्चै बाबा ड्युटी कहिले,भ्याउनुहुन्छ आमा ?
निधारमा टीका अनि,जमरा लगाउने हुँ,
हामीलाई टीका कस्ले,लाउनुहुन्छ आमा ?
घर आउन छुट्टी पाइन,भन्नुहुन्थ्यो फोनबाट,
घर फर्कन छुट्टी कहिले,पाउनुहुन्छ आमा ?
सबका बा सङ्गै बस्छन,सङ्गै खेल्छन पनि,
हाम्रा बा किन बिदेश,धाउनुहुन्छ आमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *