प्यूठान । कोभिड–१९(कोरोना) को संक्रमणको जोखिम अझै कायमै रहेको छ ।
कोरोनाबाट फ्रन्टलाईनमा काम गर्ने पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुनुको साथै ज्यान गुमाएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयका अनुसार हालसम्म २६ जना पत्रकारले ज्यान गुमाएका छन् । देशभर एक हजार बढी पत्रकार संक्रमित भएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।
महासंघले संभावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अपनाई पेशागत कर्ममा जुट्न आग्रह गरेको छ ।
