> खेलकुद > मरन्ठानामा ५१ हजार प्रथम पुरस्कारको भलिवल प्रतियोगिता हुँदै


मरन्ठानामा ५१ हजार प्रथम पुरस्कारको भलिवल प्रतियोगिता हुँदै

प्यूठान, १३ असोज । बालविद्या माध्यमिक विद्यालय प्यूठान नगरपालिका–९ मरन्ठानामा यहि असोज २५ गतेदेखि ५१ हजार प्रथम पुरस्कारको भलिवल प्रतियोगिता हुने भएको छ ।

 

गौमुखी ग्रामीण विकास संस्थाको आयोजनामा हुने प्रतियोगितामा दोश्रो हुनेले २१ हजार र तेश्रो हुनेले ११ हजार रुपैंया नगद पुरस्कार प्राप्त गर्ने छन् ।

बडा दशैं तथा शुभदिपावलीको अवसर पारेरे खेलकुद प्रतियोगिता आयोजना गरेको संस्थाका अध्यक्ष रमेश के.सी.ले बताउनुभयो ।

खुला भलिवल प्रतियोगितामा टिम दर्ता शुल्क ३ हजार कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *