> राजनीति > आज प्यूठानमा नेपाली कांग्रेसको वडा अधिवेशन हुँदै


आज प्यूठानमा नेपाली कांग्रेसको वडा अधिवेशन हुँदै

प्यूठान, २२ भदौं । १४ औं महाधिवेशनमा रहेको नेपाली कांग्रेसको आज प्यूठान जिल्लामा वडा अधिवेशन हुँदैछ । जिल्लाका ६४ वटै वडामा वडा अधिवेशन हुन गई रहेको पार्टी जिल्ला सचिव देवेन्द्र बर्माले जानकारी दिनुभयो ।

 

वडा अधिवेशनले एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव सहित वडा समिति गठन गर्नेछ । निर्वाचित सदस्यबाट वडा समितिले कोषाध्यक्षमा एक जनालाई मनोनिति गर्ने व्यवस्था छ ।

 

वडा अधिवेशनले क्षेत्रिय अधिवेशन प्रतिनिधि छनौट गर्नेछ । दुई सय ४९ जनासम्म क्रियाशिल सदस्य भएको वडाबाट ३ महिला सहित ९ खुला, दलित, जनजाति र खसकार्यबाट ६ जना गरी १५ जना क्षेत्रिय प्रतिनिधि छनौट हुनेछन् । केन्द्रिय निर्वाचन समितिको परिपत्र अनुसार राज्यले तोकेका समावेशी समुदाय (क्रियाशिल सदस्य भएको अवस्थामा)बाट थप प्रतिनिधि छनौट गर्न सक्नेछन् ।

 

प्रदेश र प्रतिनिधि सभाको गत निर्वाचनमा पार्टीका उम्मेदवारहरु पदेन क्षेत्रिय प्रतिनिधि हुनेछन् । यसरी १ हजार ५० जना भन्दा बढि क्षेत्रिय प्रतिनिधि निर्वाचित हुनेछन् । क्षेत्रिय प्रतिनिधिहरुले गाउँ÷नगर पालिका अधिवेशन, प्रदेश सभा निर्वाचन क्षेत्रिय अधिवेशन र जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्नेछन् ।

 

भदौं २७ गते हुने पालिका, असोज १ गते प्रदेश सभा निर्वाचन क्षेत्रिय अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन हुँदैछ ।
प्यूठानमा ४ हजार ८ सय बढि क्रियाशिल सदस्य रहेको सचिव देवेन्द्र बर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *