अर्घाखाँची । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईले गाडीको गति बढाउन खिया लागेका नट बोल्ट समयमै परिवर्तन गर्नु पर्ने बताउनु भएको छ ।
प्रेस चाैतारी नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा आयाेजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले नेकपा एमाले पार्टी भित्र सुदृढीकरण तथा विस्तार अभियान अति आवश्यक रहेको बताउनु भएको हो । गाडीसंगको प्रसङ्ग जोडदै उहाँले गाडीको गति बढाउन नेकपा एमाले जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो,” गाडीमा खिया लागेका नट बोल्टहरु समयमै मर्मत सम्भार गर्नुपर्छ ।” यसो गरिएन भने जहाँ जतिबेला पनि दुर्घटना हुने टिप्पणी गर्नुभयो । विदेश शक्तिको चलखेल समेत बढेको अवस्थामा चाबी ड्राइभरको हातमै हुने उहाँको भनाई छ ।
नेकपा एमाले केन्द्रीय कमिटि सचिव टाेप बहादुर रायमाझी, पाेलिट ब्यूराे सदस्य सूर्य थापा, पाेलिट ब्यूराे सदस्य बिमला घिमीरे, नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल , नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थिति थियो ।
कार्यक्रम प्रेस चौतारी जिल्ला अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षता प्रेस चौतारी जिल्ला उपाध्यक्ष करिशमा खनालको स्वागत मन्तव्य तथा बरिस्ठ पत्रकार शोभाखर पन्थीको संचालनमा सम्पन्न भएको थियो ।