> समाज > घर पुरिएर घाईते बालिकाको मृत्यु, परिवार आफन्तको घरमा बस्दै


घर पुरिएर घाईते बालिकाको मृत्यु, परिवार आफन्तको घरमा बस्दै

प्यूठान, १६ भदौ । शुक्रबार पहिरोले घर पुरिदा घाईते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

 

प्यूठान नगरपालिका वडा नम्वर ४ ठुटेसिमल निवासी कुल बहादुर थापाको ११ महिनाको छोरीको उपचारको क्रममा मृत्यु भएको हो ।

 

 

घरमाथीबाट ठूलो ढुंगा सहित खसेको पहिरोले घर पुरिदा बालिका घाईते भएकी थिइन । उनलाई उपचारका लागि बुटवल लगिएको थियो । टाउकोको शल्यक्रिया गरेपनि सफल हुन नसकेको र सोमबार मृत्यु भएको स्थानीय एकराज भण्डारीले जानकारी दिनुभयो ।

 

 

पहिरो पीडित परिवार घर भत्किएपछि दाजुको घरमा बस्दै आएका छन् । बच्चालाई सुताएर काममा गएको बेला पहिरो गएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *