प्यूठान, १३ भदौ । जिल्लामा अपराधका घटनामा कमि आएको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले २०७६/०७७ मा ९७ सार्वजनिक अपराधका मुद्दा रहेकोमा २०७७/०७८ मा २२ वटा मात्र मुद्दा परेको बताउनुभयो ।
केहि अपराधका ठूला घटना भएपनि तुलनात्मक रुपमा अपराधका घटनामा कमि आएको उहाको भनाइ छ । मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक कार्यक्रममा प्रजिअ भुसालले उक्त कुरा बताउनुभएको हो ।

उहाँले मानव अधिकारकर्मिको सुरक्षामा राज्य संबेदनसिल र जिम्मेवार रहेको बताउनुभयो । जिल्लामा मानव अधिकारकर्मिले समस्या भोग्नु नपरेको उहाँको भनाइ छ ।
जिल्ला स्तरीय मानव अधिकार संजालका अध्यक्ष पार्वता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गृह मन्त्रालयले तयार गरेको ‘मानव अधिकारकर्मिहरुको सुरक्षा र संरक्षण गर्ने सम्बन्धि आदेश २०७७’ को विषयबस्तुबारे जानकारी गराइएको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले कार्यक्रम आयोजना गरेको हो ।
