> समाज > प्यूठानमा कोरोनाबाट कतिको ज्यान गयो ?


प्यूठानमा कोरोनाबाट कतिको ज्यान गयो ?

प्यूठान, १२ भदौ । कोभिड-१९ (कोरोना) को जोखिम कायमै छ । दैनिक संक्रमितको संख्या भेटिने गरेका छन् ।

स्वास्थ्य कार्यालय प्यूठानकाे रिपाेर्ठ

पछिल्लो समय एन्टीजिन किटको माध्यमबाट कोरोनाको परीक्षण गर्ने गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले दैनिक रुपमा कोरोना जाँचको रिर्पोट सर्वाजनिक गर्दै आएको छ ।

 

स्वास्थ्य कार्यालय प्यूठानको शनिबारको रिर्पोट अनुसार हालसम्म ७१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म ३ हजार ७३० जनालाई कोरोना संक्रमण भएको छ ।

 

 

सक्रिय संक्रमित ६९ जना रहेका छन् । कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गर्दै आएका छन् । मास्कको प्रयोग, नियमित सावुनपानीले हात धुने, सरसफाईमा ध्यान दिने, संक्रमण पुष्टी भएमा होम आइशोलेसनमा बस्न स्वास्थ्यकर्मीको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *