> स्थानीय सरकार > लक्षण सहितका विरामी देखिएपछि ठूलावेशी बजार शिल


लक्षण सहितका विरामी देखिएपछि ठूलावेशी बजार शिल

प्यूठान, २४ मंसिर । गौमुखी गाउँपालिका–५ ठूलावेशी बजार क्षेत्रमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि बजार क्षेत्र शिल गरिएको छ ।

ठूलावेशी बजार व्यवस्थापन समितिको निर्णयको सिफारिसमा गाउँपालिका संकट व्यवस्थापन केन्द्रले हिजो मंगलबारदेखि शुक्रबारसम्मका लागि बजार शिल गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले बताउनुभयो ।

निर्णयअनुसार बजार पसल, बैंक तथा वित्तिय संस्था, विद्यालय बन्द भएका छन् । लक्षण सहितका विरामी देखिन थालेपछि बजार शिल गरि संक्रमितलाई होम आइसोलेसनमा राख्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिनुभयो । गाउँपालिकाले सर्वसाधारणलाई कोभिडबाट बच्नको लागि सुरक्षाको मापदण्ड लागु गर्न आग्रह समेत गरेको छ ।

 

प्यूठानमा ८५० संक्रमित
जिल्लामा हालसम्म ८५० जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको तथ्यांक अनुसार संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ । यसअघि भेटिएका संक्रमितमा लक्षण नदेखिएको भएपनि पछिल्लो दिन लक्षण सहितका संक्रमित भेटिने क्रम समेत बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *