> समाज > गुणस्तरीय बस्तु तथा सेवा बिषयक अभिमुखिकरण सम्पन्न


गुणस्तरीय बस्तु तथा सेवा बिषयक अभिमुखिकरण सम्पन्न

प्यूठान । उद्योग तथा वाणिज्य फर्मसङ्ग गुणस्तरीय वस्तु तथा सेवा बिषयक १ दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार जुम्रीमा सम्पन्न भएको छ ।

 

प्यूठान उद्योग बाणिज्य संघको सहकार्यमा घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आयोजनामा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

 

कार्यक्रममा फर्मको जिम्मेवारी, नियमन निकायको जिम्मेवारी र उपभोक्ता अधिकारका बारेमा जानकारी गराइएको थियो ।

 

म्याद गुज्रेका बस्तु डिलरबाटै रोक्नु पर्ने, करको दायरामा नभएका ब्यबसायीलाई रोक्नुपर्ने, गुणस्तरहिन मदिरा बिक्रीमा रोक्नुपर्ने, तरकारी तथा फलफुलमा प्रयोग हुने बिषादीको जाँच हुनुपर्ने, प्लास्टिक प्रगोगमा कमि गर्नुपर्ने उद्योगि ब्यबसायीहरुले सुझाव राखेका थिए ।

 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्मा, धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिती प्रमुख धरम जिसि लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *