प्यूठान, ५ भदौ । प्यूठानमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
स्वर्गद्धारी नगरपालिका वडा नम्वर ४ का ४६ वर्षीय पुनाराम योगीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार लु ५७ प ६६८१ नम्वरको मोटरसाइकलले भिंगृमा योगीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते योगीलाई उपचारका लागि बुटवल रिफर गरिएको थियो ।
योगीको आज विहान तिनाउ इन्टरनेशनल हस्पिटलमा मृत्यु भएको प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । मोटरसाइकल चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।