प्यूठान,२१ चैत्र ।
नेपालमा थप एक व्यक्तिमा कोरोना (कोभिड–१९) संक्रमण देखिएको छ । शुक्रवार कास्कीमा सातौं व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परिक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । भारतवाट फर्किएका ती व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीन पटक गरिन्छ । पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौं पठाइएको प्रदेश सरकारले जनाएको छ ।
यस अघि गण्डकी प्रदेशकै २ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ती व्यक्ति दुवैजना वाग्लुङका रहेका छन् । उनीहरु तेस्रो मुलुक हुदै नेपाल फर्किएका थिए ।
www.worldometers.info ले आफ्नो तथ्यांक अपडेट गरिसकेको छ ।

