प्यूठान । नेपालमा थप ३८० जना कोरोना संक्रमीत भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा नया ३८० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ ।
यस्तै थप ११७ जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएसँगै नेपालको कोरोना मुक्त हुनेको संख्या ११५८ पुगेको छ ।
त्यस्तै हालसम्म मृत्यु भएका १९ जनामा कोरोना पुष्टि भएको छ।