> राष्ट्रिय > प्रधानमन्त्रीलाई जिल्ला प्रशासन मार्फत हस्ताक्षर हस्तान्तरण


प्रधानमन्त्रीलाई जिल्ला प्रशासन मार्फत हस्ताक्षर हस्तान्तरण

प्यूठान, ३२ साउन । अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति प्यूठानले प्रधानमन्त्री समक्ष जिल्ला प्रशासन कार्यालय प्यूठान मार्फत हस्ताक्षर हस्तान्तरण गरेको छ ।

सरकारले भुमि सम्बन्धी समस्यया समाधान गर्न वनेको आयोग विघटन गर्ने निर्णय फिर्ता लिन दवाव दिने उद्देश्यले सहायक प्रमुख जिल्ल अधिकारी यज्ञराज अर्याल मार्फत हस्ताक्षरण हस्तान्तरण गरिएको समितिका सह–संयोजक श्याम थापाले जानकारी दिनुभएको छ ।

साउन १९ गते मन्त्रिपरिषदको निर्णयले भूमी सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा देशै भरीबाट निर्णय फिर्ता लिन हस्ताक्षरण संकलन गरिएको छ ।

सरकारले गरेको निर्णले भुमीहिन दलित, सुकुम्बासी, अवव्यस्थित रुपमा बसोवास गरेका कारण जोखिम पुर्ण जीवन विताउने समुदाय प्रति गम्भिर अन्याय भएको विज्ञप्तीमा उल्लेख छ । २०७६ चैत्र ९ गते आयोग गठन भएको थियो ।

केन्द्र जिल्ला तह सम्म आयोगले काम सञ्चालन भईरहेको अवस्थामा आयोग विघटन गर्ने सरकारको निर्णयले लक्षित वर्गमा अन्याय भएको समेत विज्ञप्तीमा उल्लेख छ ।

नेकपा एमाले लुम्बिनी प्रेदश सल्लाहकार बुद्ध बहादुर जि.सी., नेकपा एमाले प्यूठानका सदस्य डिल बहादुर राउत, अनेरास्ववियु नेता रमेश विश्वकर्मा, नेकपा एमाले मल्लरानी गा.पा. सदस्य गोर प्रसाद पोखे्रल लगायतको उपस्थितीमा हस्ताक्षर हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *