> Uncategorized > प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप प्युठानमा


प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप प्युठानमा

प्युठान, ११ साउन । प्यूठानमा लुम्विनी प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्यूठानको आयोजना तथा माण्डवी गाउँपालिकाको आर्थिक सहयोगमा असोज तेस्रो साता उक्त प्रतियोगिता हुने छ ।

सोमवार संघले प्यूठानमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज १६ देखि १८ सम्म माण्डवी गाउँपालिकामा सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगितामा लुम्विनी प्रदेशका १२ जिल्लाका खेलाडीहरुले सहभागिता जनाउने नेपाल मार्शल आर्ट्स हाप्किडो संघ जिल्ला समिति प्यूठानका अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो ।

खेलकुद मार्फत युवाहरुको शारिरीक वृद्दि, विकास र त्यसमार्फत राष्ट्रको इज्जत थप उचो बनाउने खेलाडी उत्पादन गर्ने उदेश्य रहेको पोख्रेललेले जानकारी दिनुभयो । आत्मविश्वास, आत्मअनुसाशन, आत्मरक्षा र स्वस्थ रहनको लागि यस प्रतियोगिताले मद्धत पुग्ने पोख्रेलले विश्वास राखे । कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रिय महासचिव शुवर्ण बि.सी.ले प्रत्येक स्थानीय तहले खेलकुदसँगै हाप्किडोका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रतियोगितामा २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ र ७० गरी ११ तौल समूहमा प्रतिष्पर्धा हुनेछ । प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमश १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाउने छन् । खेलको उदीयमान, उत्कृष्ट र अनुसाशित खेलाडीले पनि पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *