प्युठान । प्युठान अस्पतालको प्रशासन शाखामा निर्माण व्यावसायिले तालाबन्दी गरेका छन ।
निर्माण कार्य गरेको कामको भुक्तानी नपाएको भन्दै व्यावसायिहरुले आज तालाबन्दी गरेका हुन । डेढ बर्ष अघि काम सकेपनी भुक्तानी नपाएको उनीहरूको भनाई छ ।
व्यावसायि हिमाल श्रेष्ठ, विशेक थापा, गोबिन्द कार्की, अर्जुन बिक, झबेन्द्र शर्माले संयुक्त रुपमा ताला लगाएका हुन ।
अस्पतालका निमित्त प्रमुख खिम प्रसाद पार्धेका अनुसार कोभिड ब्यबस्थापनका लागि गरिएको कामको भुक्तानी नपाएको भन्दै तालाबन्दी गरिएको छ ।
तालाबन्दीले हाल अस्पतालका बिरामीको उपचार सेवा प्रभावित नभएको र लामो समय तालाबन्दी भए सेवा प्रबाह प्रभावित हुने उहाँले जानकारी दिनुभयो ।