> खेलकुद > ब्राजिल र अर्जेन्टिना उपाधीका लागि भिड्दै


ब्राजिल र अर्जेन्टिना उपाधीका लागि भिड्दै

प्यूठान, २६ असार । कोपा अमेरिका ४७ औं संस्करण अन्र्तगत उपाधिको लागि अर्जेन्टिना र ब्राजिल आइतवार विहान ५ः४५ भिड्ने भएका छन् ।


दक्षिण अमेरिकाका १० टिम सहभागी प्रतियोगितामा ब्राजिल र अर्जेन्टिना अपराजित बन्दै फाइनल पुगेका हुन् । ब्राजिल र अर्जेन्टिना १४ वर्षपछि कोपा अमेरिकाको फाइनल आमन सामने हुने भएका छन् ।

अहिलेसम्म २८ पटक फाइनल खेल्दा अर्जेन्टिना १४ पटक च्याम्पियन र १४ पटक नै उपविजेता बनेको छ । यस्तै २० पटक फाइनल पुगेको ब्राजिलले ९ पटक उपाधि जित्दा ११ पटक उपविजेता बनेको छ । जसमा ८ पटक अर्जेन्टिनासँग नै पराजित भयो भने दुई पटक उरुग्वे र एक पटक पाराग्वेसँग पराजित भएको छ ।

तेस्रो स्थानको लागि विहान भएको खेलमा कोलम्बियाले पेरुलाई ३–१ ले हराएर आफ्नो स्थान सुरक्षित गरेको छ ।

जारी कोपा अमेरिकामा दुवै टिमको अवस्थाः

अर्जेन्टिनाको नतिजा

विरुद्ध चिली १-१ को बराबरी

विरुद्ध उरुग्वे १-० को जित

विरुद्ध पाराग्वे १-० को जित

विरुद्ध बोलिभिया ४-१ को जित

क्वाटरफाइनल

विरुद्ध इक्वेडर ३-० ले विजयी

सेमिफाइनल

विरुद्ध कोलम्बिया ३-२ ले विजयी (पेनाल्टी सुटआउट)

ब्राजिलको नतिजा

विरुद्ध भेनेजुएला ३-० ले विजी

विरुद्ध पेरु ४-० ले विजयी

विरुद्ध कोलम्बिया २-१ ले विजयी

विद्ध इक्वेडर १-१ को बराबरी

क्वाटरफाइनल

विरुद्ध चिली १-० ले विजयी

सेमिफाइनल

विरुद्ध पेरु १-० ले विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *